१३ हजार २३ पिसिआर परीक्षण गर्दा थप २८ सय २४ जनामा कोरोना पोजेटिभ

काठमाडौं, १६ कात्तिक । नेपालमा थप २८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ पिसिआर परीक्षण गर्दा थप २८ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ३६ सय २० जना कोरोना संक्रमण पछि निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।