कोरोना संक्रमितको उपचारका लागि धरौटी माग गर्ने अस्पतालसँग सरकारले माग्यो स्पष्टिकरण



Download our app to get more features

काठमाडौं, १६ कात्तिक । सरकारले कोरोना संक्रमितको उपचारका लागि धरौटी माग गर्ने अस्पतालसँग स्पष्टिकरण माग गरेको छ ।

स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले विभिन्न अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि धरौटी माग गरेको विषयमा स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले कोरोना संक्रमितको उपचारका लागि शुल्क लिन भनेकोमा  धरौटी माग गर्ने अस्पताललाई स्पष्टिकरण माग गरिएको बताए । 

उनले कोरोना संक्रमितको उपचारका लागि शुल्क लिन भनेको र शुल्क तिर्न नसक्नेलाई शुल्क नलिन सरकारको पूर्ववत निर्णय कायम रहेको पनि बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts