मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य बीमा बोर्डको रिक्तपदमा तीन सदस्य नियुक्त

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा डा.तारा शाह र ईन्द्रकला राईलाई ५ वर्षका लागि मनोनित गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. शाहलाई बीमितको तर्फबाट मनोनित गरेका हुन् ।
स्वास्थ्य बीमा ऐन २०७४ अनुसार मन्त्रालयले सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तीमा दुई जना महिलासहित तीन जना र बीमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने प्रावधान छ ।
यस्तै, टीका चागाई भट्टराई स्वास्थ्य बीमा ऐन २०७४ अनुसार विमित मध्येबाट एक जना महिला राखिएको हो ।
अब स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक बाँकी रहेको छ ।
त्यसमा पनि खुल्ला आवेदनबाट छनोट तीनजनाको नाम क्याविनेट गएकाले छिट्टै कार्यकारी निर्देशक छनोट हुने छ ।