रुपन्देहीमा कोरोना संक्रमणबाट ९५ वर्षीया वृद्धाको मृत्यु



Download our app to get more features

बुटवल, १६ कात्तिक । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका १ का ९५ वर्षीया वृद्धाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

जिल्लाका ७९ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । कूल ६ हजार १ सय ८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६ सय १६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

Last modified on 2020-11-01 13:40:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts