छाला फुस्रो हुन नदिन यसो गर्नुहोस्



Download our app to get more features

काठमाडौ, १६ कात्तिक । जाडो मौसममा धेरैलाई छाला फुस्रो हुने समस्याले सताउने गर्छ । त्यसैले समयमा नै ध्यान दिनुपर्ने छाला रोग विशेषज्ञले सुझाब दिएकाछन् । 

मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।
तातो पानी प्रयोग नगर्ने ः तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।

पानीमा तेलको मिश्रण ः नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन नरोज्ने ः साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुहोला ।

Last modified on 2020-11-01 10:52:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts