देवदह नगरपालिकास्थित सिक्टहन स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनमा 



Download our app to get more features

रुपन्देही, १६ कात्तिक । रुपन्देहीको देवदह नगरपालिका वडा नं. १२ सिक्टहन स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ ।

देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री र उपमेयर विद्या लक्ष्मी गुरुङले बर्थिङ्ग सेन्टरको शनिवार संयुक्त रुपमा उद्घाटन गरेसँगै सेन्टर सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले देवदहनगरपालिका ११ र १२ वडालाई लक्षित गरि स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ्ग सेन्टर  सेवा सुचारु गरिएको बताए ।

उनले स्वास्थ्य मौलिक हक भएकोले कुनैपनि मानिस स्वास्थ्य सेवाबाट बञ्चीत नहुने उदेश्यका साथ नगरपालिकाले काम अघि बढाएको भन्दै देवदहनगरपालिकामा सुन्य होम डेलिभरि घोषणा गर्ने तयारी समेत भएको बताए । संघिय सरकार र देवदह नगरपालिकाको संयुक्त लगानीमा १५ शय्याको अस्पताल निमार्णको कार्य अघि बढेको पनि उनले जानकारी दिए ।

३ गाउँपालिका मिलेर बनेको देबदह नगरपालिकामा अहिले ३ वटा स्वास्थ्यचौकी र २ वटा सहरी स्वास्थ्य संस्था रहेको छ । 

मेयरले खत्रीले देवदह केराबानी भन्दा सिक्टन क्षेत्र विकासका काममा पछि परेकोले अहिले तल्लो क्षेत्रबाट काम सुरु गरेको बताए । नगरपालिकाको ७,  ५ र ७ मा संघिय  सरकारको विषेश अनुदान र नगरपालिकाको ५० प्रतिशत लगानीमा स्वास्थ्य संस्था निमर्णको लागी ठेक्का सम्झौता भइसकेको छ ।

उदघाटनमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्या देवी गुरुङले हाल रहेको २ सय ३९ जना प्रति १ लाख मातृमृत्यु दरलाई घटाई सन् २०३० सम्म ७० जना प्रती १ लाखमा झार्ने संघीय सरकारको लक्ष्यलाई पूरा गर्ने उदेश्यका साथ र देवदह नगरपालिकालाई जिरो होम डेलिभेरी बनाउने उदेश्यका साथ सिक्टहन स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु गरिएको बताईन् ।
 
उनले भनिन सबै स्वास्थ्य संस्थामा यो सेवा सुरु भएको भन्दै अब प्रचार प्रसार, अस्पतालमा आउन प्रोत्साहन र मुस्कान सहितको स्वास्थ्य सेवा दिने र देवदहनगरपालिकालाई जिरो होम डेलिभरी बनाउने उदेश्य राखिएको पनि बताईन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts