चाडबाड र जाडोमा हृदयघात हुने जोखिम उच्चः यस्ता छन् जोगिने उपाय



Download our app to get more features

कोरोना महामारीका कारण विश्वका सबै व्यक्ति प्रभावित बनेका छन् । दीर्घरोगीलाई झन् बढी प्रभावित बनाउने कोरोना संक्रमण जाडोको समयमा अझ बढ्न सक्ने विज्ञहरुले चेतानवी दिँदै छन् । कोरोना सँगसँगै जाडोमा हृदयघात पनि बढी हुने विशेषज्ञहरु बताउँछन् । त्यसकारण कोरोना सँगसँगै मुटुरोगीले आफ्नो स्वास्थ्यको विशेष ख्लाय राख्नुपर्छ ।

व्यस्त जीवनशैली, खानपानमा सचेतता नअपनाउनु, निस्क्रिय जीवनशैलीका कारण पछिल्लो समय हृदयघातका बिरामी बढ्ने गर्छन् । यस्तो समस्या जाडो र चाडबाडको बेलामा अझै बढ्ने गरेको छ । चाडबाड र जाडोमा हृदयघात बढी हुने सम्भावना, कारण र जोगिने उपायबारे वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमी यसो भन्छन्:

कुनै समय हृदयघातलाई धनी र बुढाबुढीलाई मात्रै लाग्ने रोग भनेर बुझिन्थो । तर, अहिले यो जुनसुकै उमेर र तहका व्यक्तिलाई हुन थालेको छ । प्रत्येक महिना हृदयघातका बिरामी बढ्ने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । झन् अहिलेको अवस्थामा कोरोनाको जोखिम पनि मुटुरोगीमा उच्च हुने भएकाले सतर्क हुनु आवश्यक छ ।

जाडो र चिसोमा हृदयघात बढी हुने कारण 
चाडबाडमा विभिन्न रोगका नयाँ बिरामी बढ्छन भने पहिलेदेखिनै रोग भएकालाई पनि बढी च्याप्ने गर्छ । चाडबाडमा अधिकांशले खानपानमा आवश्यक सचेतता नअपनाउँदा यस्तो अवस्था आउनसक्छ । चाडबाडका बेला अन्य समयमा भन्दा दैनिकीमा फेरबदल हुँदा उच्च रक्तचाप, मधुमेह लगायतका रोगीलाई पनि समस्या पर्न गर्छ । जसको असर मृटुमा पनि पर्ने गर्छ । 

चिसोका कारण भ्याजुस्पाजम अर्थात मुटुका रक्तनलीहरु एक्कासी बन्द हुन सक्छ । जसले गर्दा मुटुको कुनै भागमा तत्काल रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुनसक्छ । मुटुको नसामा नै असन्तुलन भयो भने आकस्मिक हृदयघात भई मानिसको मृत्यु समेत हुन्छ । 

लक्षण :
हुन त हृयदयघात एक्कासी देखा पर्ने समस्या हो । अधिकांश मानिसले लक्षण नै थाहा पाउँदैन्न् । तर, निम्न अवस्था आए सचेत हुनुपर्छ ।  
उकालो हिड्दा, भर्याङ चड्दा स्वाँ स्वाँ हुने ।
श्वास फेर्न असजिलो हुने ।
पसिना बढी आउने ।
छातीको बीच भागमा दुख्ने ।
शरीर आलास्य हुने, वान्ता आउने ।
खाना मन नलाग्ने ।

हृदयघातबाट जोगिन यसो गर्नुहोसः
रातो मासु, चिल्लो, कार्बोहाइडेट, मसलेदार परिकार नखाने ।  
पहिले नै रोग भएका बिरामीले खानामा ध्यान दिने । 
धुम्रपान नगर्ने ।
चिसोबाट जोगिने ।
चिसोमा मर्निङ वाक नगर्ने ।
सक्रिय जीवनशैली अपनाउने ।
तनाव कम गर्ने । 
नियमित शारीरिक व्यायम गर्ने ।
स्वास्थ खानपानमा ध्यान दिने ।
चिसोमा बिहान भन्दा बेलुका वा अन्य समयमा वाक गर्नु राम्रो हुन्छ । (धेरैलाई हृदयघात विहानको समयमा हुने गरेको छ । कारण बिहानको मसयमा स्नायु प्रणालीलाई सक्रिय बनाउने हर्मोन बढी हुन्छ । यस्तो अवस्थामा सन्तुलित हर्मोन प्रवाह हुन सकेन भने हृदयघात हुनसक्छ ।) 
तौल तथा रक्तचाप नयन्त्रणमा राख्ने । 
धुम्रपान तथा मध्यपान नगर्ने ।
नियमित स्वास्थ परीक्षण गर्ने ।
मुटु सम्बन्धी कुनै पनि समस्या भए चिकित्सकले भने बमोजिम औषधि सेवन गर्ने । 

हृदयघातको समयमै उपचार गराए बच्न सकिन्छ :
अझै पनि हृदयघात भयो भने उपचार गराए पनि मृत्यु हुन्छ भन्ने धेरैको बुझाई छ  । तर त्यसो होइन्, हृदयघात हुने बितिकै वा जति सक्दो छिटो अस्पताल पुर्याए बिरामीको अवस्था हेरी आवश्यक उपचार पद्धति अबलम्वन गरेर हृदयघात भएका ९० प्रतिशत मानिस बचाउन सकिन्छ । यदि अस्पताल लग्ने अवस्था छैन भने पनि साधारण मेडिकलमा पाइने एसप्रीन नामको औषधि तीन सय मिलिग्राम चपाएर खाने । यसले हृदयघातको जोखिमलाई केही हदसम्म कम गर्छ । तर, मुटुको समस्या सँगै कोरोना संक्रमण भयो भने तुरुन्तै अस्पताल जानु पर्छ वा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts