देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा 



Download our app to get more features

काठमाडौं, १५ कात्तिक ।  देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

शनिबार ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ६ सय ९२ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ६ हजार १ सय ४०, प्रदेश २ मा १ हजार २१, लुम्बिनी प्रदेशमा  ३ हजार ४ सय २, सुदूरपश्चिम प्रदेशमा ८ सय ५०, गण्डकी प्रदेशमा १ हजार ३ सय ५९ र कर्णाली प्रदेशमा ५ सय ४४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts