डडेल्धुराको भागेश्वरले सुपथ मुल्य फार्मेसी सञ्चालन गर्दै

डडेल्धुरा, १५ कात्तिक । डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्वास्थ्य संस्थामा सुपथ मुल्य फार्मेसी सञ्चालन गरिरहेको छ ।
ग्रामिण बस्तीमा सहजै औषधि उपलब्ध गराउने उदेश्यले फार्मेसी सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन । गाउँपालिका आफैले औषधि खरिद गरी सुपथ मुल्यमा स्थानीयलाई उपलब्ध गराउदै आएको उनले बताइन ।
अहिलेसम्म भागेश्वर गाउँपालिका वडा नम्बर १ को आधारभुत स्वास्थ्य केन्द्र पनीउट, २ को रुपाल स्वास्थ्यचौकी रुपाल र ३ को भागेश्वर स्वास्थ्यचौकी बोगटामा फार्मेसी सञ्चालन गरिएका छन् । अब वडा नम्बर ४ र ५ मा पनि फार्मेसी सञ्चालन गर्ने तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।
ग्रामिण वस्तीमै औषधि पाइन थालेपछी स्थानीयलाई सहज भएको छ । औषधि किन्नकै लागि रुपालबाट जिल्ला सदरमुकाम बागबजारसम्म पुग्नुपर्ने बाध्यता हटेको भन्दै उनीहरु हर्षित भएका छन् ।