बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७३ वर्षीय पुरुषको मृत्यु 



Download our app to get more features

धरान, १५ कात्तिक ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको हो । 

पहिलेदेखि नै मुटुको समस्याबाट पीडित पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts