उच्च रक्तचाप भएका युवाहरूमा मधुमेह र डिस्लिपिडिमेयाको समस्या पनि उल्लेख्य: अध्ययन



Download our app to get more features

काठमाडौं, १५ कात्तिक । सिभिल अस्पताल काठमाडौंमा गरिएको एक अध्ययनमा उच्च रक्तचापको समस्या भएका युवाहरुमा मधुमेह र डिस्लिपिडिमेयाको समस्या पनि उल्लेख्य मात्रामा भेटिएको छ । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालसहितको टोलीले १ सय ६५ जना उच्च रक्तचापको समस्या भएका युवाहरूमा सेप्टेम्बर २०१८ देखि सेप्टेम्बर २०१९ सम्म गरेको अध्ययनमा सो नतिजा देखिएको हो । 

मुख्यतः  ३१ देखि ३९ वर्षका मानिसहरु सम्मेलित सो अध्ययनमा करिव १४.५% लाई मधुमेह रहेको पाइयो भने २९.७% लाई मधुमेहको सुरुवाती अवस्थामा रहेको पाइयो । साथै सोहि अध्ययनमा खराब बोसो भनेर चिनिने ट्राइएसाइलग्लिसिराइडको मात्रा ७५.६% मा उच्च रहेको पाइयो । 

यस अध्ययनले पहिले प्राय ४० वर्ष कम उमेरका मानिसहरुमा देखिने उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्टेरोलको समस्या अब युवा अवस्थामा नै देखिन थालेको कुरालाई पुष्टि गरेको छ । 

डा. लम्सालका अनुसार ४० वर्ष कम उमेरमा उच्च रक्तचापका साथै मधुमेह र कोलेस्ट्रोल जस्ता हाइ रिस्क फ्याक्टरले मृत्युदर पनि बढ्न सक्ने हुन्छ ।

अस्वस्थ खानपान, जीवनशैलीका कारणले उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोगको प्रकोप अव युवाहरुमा पनि सरेको कारण हामी सबैले स्वस्थ्य जीवनयापनमा ध्यान दिनपर्ने डा. लम्सालले हाम्रोडक्टरन्युजलाई  बताउनुभयो ।

Last modified on 2020-10-31 09:57:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts