देशभर ३१ हजार ३८७ जना कोरोना संक्रमित होम आइसोलेसनमा 



Download our app to get more features

काठमाडौं, १४ कात्तिक । कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

शुक्रबार ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमितमध्ये ३१ हजार ३ सय ८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय १८ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै, प्रदेश १ मा ६ हजार २ सय १०, प्रदेश २ मा १ हजार २०, लुम्बिनी प्रदेशमा ३ हजार ५ सय ६०, गण्डकी प्रदेशमा १ हजार ३ सय २६, सुदूरपश्चिम प्रदेशमा ९ सय ९८ र कर्णाली प्रदेशमा ५ सय ५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts