काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १४ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १ सय ३१ र ललितपुरमा २ सय ४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ ।

हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। 

अहिले क्वारेन्टाइनमा २ हजार ६ सय ६६ रहेको मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts