थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ३ सय जना आईसीयूमा उपचाररत



Download our app to get more features

काठमाडौं, १४ कात्तिक । नेपालमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय १० पुगेको छ ।

यस्तै हाल देशभर ७१ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ३ सय जना आईसीयुमा उपचाररत रहेका छन् । 

बागमती प्रदेशमा १ सय ९१ जना आईसीयू र ५५ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० जना आईसीयू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आईसीयु र ८ जना भेन्टिलेटरमा, प्रदेश २ मा १३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै सुदुरपश्चिममा ५ जना आईसीयूमा, गण्डकी प्रदेशमा १५ आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आईसीयू उपचाररत रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts