नेपालमा थप ३५ सय १७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको दर २२ प्रतिशत

काठमाडौं, १४ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ९ ८९ पिसिआर परीक्षण गर्दा थप ३ हजार ५ सय १७ जनामा कोरोना पोजेटिभ आएको हो ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार १ हजार ३ सय ६१ जना महिला र २ हजार १ सय ५६ जना पुरुष गरि थप ३ हजार ५ सय १७ जना नयाँ संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको हो ।
यस्तै गत २४ घन्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ । यो दर कुल संक्रमितको ७६ दशमलव ७ प्रतिशत हो ।
यसैगरि हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५६ रहेको छ । यो दर कुल संक्रमितको २२ दशमलव ८ प्रतिशत हो ।