बुटवलमा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

रुपन्देही, १४ कात्तिक । बुटवलमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कार्तिक १ गते संक्रमिण पुष्टि भएर कोरोना बिशेष अस्पताल भर्ना भएका बुटवल ८ का ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

गएको कार्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनीमा कोरोना पुष्टि भएलगत्तै कोरोना बिशेष अस्पताल पठाईएको थियो । उपचारको सबै बिधि अपनाउँदा पनि बचाउन नसकिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

उनलाई पहिला देखि उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

Last modified on 2020-10-30 12:34:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts