नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ४, ७६ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, १३ कात्तिक । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या ९ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।

यस्तै हाल नेपालभर ७६ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ३ सय ४ जना आईसीयूमा उपचाररत छन् ।

Last modified on 2020-10-29 16:48:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts