नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार नाघ्यो

निको हुने दर ७५ दशमलव ८ प्रतिशत



Download our app to get more features

काठमाडौं, १३ कात्तिक । नेपालमा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ७ सय ६९ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ३ सय ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ३८ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ । यो दर कुल संक्रमितको ७५ दशमलव ८ प्रतिशत हो ।

हाल नेपालभर ३८ हजार ९ सय ५२ सक्रिय संक्रमित रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts