चितवन मेडिकल कलेजमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन, १३ कात्तिक । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप एकजना पुरूषको मृत्यु भएको छ ।
पूर्वी चितवनस्थित खैरहनी नगरपालिका १३ का ७३ वर्षीय वृद्धको बुधवार राति ७ बजेर ५३ मिनेट जाँदा मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती पुरूषको कोभिड आईसीयूमा भेन्टिलेटरको सहायताले उपचार भइरहेको थियो । उनको उपचारको क्रममा त्यही मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मधुमेहका बिरामी समेत थिए ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।