नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या ८ सय ८७ पुग्यो



Download our app to get more features

काठमाडौं, १२ कात्तिक । नेपालमा थप २४ घन्टामा ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

यस्तै हाल नेपालभर २ सय ९० जना कोरोना संक्रमितको उपचार आईसीयूमा उपचार भइरहेको छ भने ७२ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । 

बागमती प्रदेशमा १ सय ७८ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै सुदुरपश्चिममा ५ आईसीयूमा, गण्डकी प्रदेशमा १५ आईसीयू र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आईसीयू उपचाररत रहेका छन् ।

Last modified on 2020-10-28 17:14:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts