नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ७५ प्रतिशत पुग्यो, थप १९ सय ५४ मा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १२ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुने दर ७५ प्रतिशत पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । यो दर कुल संक्रमितको ७५ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा ८ हजार २ सय ४८ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

हाल नेपालमा ३९ हजार ६ सय ४३ सक्रिय संक्रमित रहेका छन् । 

Last modified on 2020-10-28 16:57:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts