लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, १२ कात्तिक । लुम्बिनी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपन्देहीका एक पुरुष र पाल्पाकी एक महिला रहेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो भने पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

दुवै जनाको सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts