नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष सिंहको उपचारको क्रममा निधन

काठमाडौं, ११ कात्तिक । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष कालु सिंहको निधन भएको छ ।
दुई साता अघि मात्रै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका सिंहको सोमवार राति उपचारको क्रममा निधन भएको हो ।
आइतवार स्वासप्रस्वासमा समस्या भएपछि सोमवार वीर अस्पतालमा उनलाई भर्ना गराइएको थियो ।
लामो समयदेखि मुटुको समस्या रहेको सिंहको उपचारको क्रममा सोमवार राति मृत्यु भएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले हाम्रो डाक्टर न्यूजलाई बताए ।
डा. सेञ्चुरीले भने, 'उनलाई अस्पताल पुर्याउनै ढिलो भयो । दीर्घ रोगि रहेका सिंह लामो समयदेखि उपचारमै थिए । त्यहि बीचमा कोरोनाले संक्रमण गर्यो । स्वास्थ्य सुधार भएर डिस्चार्ज हुँदा पनि मुटुमा समस्या देखिएको थियो ।'
डा. सेञ्चुरीका अनुसार मुटुको दुबै भल्भ फेरिएको र कलेजेको पनि समस्या रहेको सिंहमा कोरोना संक्रमण पुष्टि भएपछि थप जटिलता उत्पन्न भएको थियो ।