थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या ८ सय ६२ पुग्यो

काठमाडौं, १० कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण देशभर मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।
यस्तै हाल नेपालभर ६४ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने २ सय ८५ जनाको उपचार आईसीयूमा भइरहेको छ ।