५ हजार ६ पिसिआर परीक्षण हुँदा १७ सय ४१ कोरोना पोजेटिभ



Download our app to get more features

काठमाडौं, १० कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ हजार ६ मा पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ७ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

सरकारले लकडाउन अन्त्य गरेको साउन महिनामा ५ हजारमा झरेको परीक्षण तीन महिनापछि फेरि ५ हजारमा झरेको यो पहिलो पटक हो । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गरिएकोमा नेपालमा कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ४ हजार ५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ । यो दर कुल संक्रमितको ७२ दशमलव ४ प्रतिशत हो ।

हाल नेपालभर ४३ हजार २ सय ९३ सक्रिय संक्रमित रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts