उपचार खर्च व्यहोर्न नसक्ने कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं, १० कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको निःशुल्क उपचार गर्न भनेको हो । 

कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दाको रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचार सेवाबाट वञ्चित गरेको र अस्पतालले रकम जम्मा गर्न सूचना सार्वजनिक गरी खर्च व्यहोर्न नसक्ने बिरामी उपचार पाउनबाट वञ्चित भएको गुनासो आएपछि मन्त्रालयले अनुगमन गरेको थियो । 

स्वास्थ्य मन्त्रालयको आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका बिरामीको उपचार नगरी  स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयं जिम्मेवार हुने बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts