थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, संख्या एक लाख ४८ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड-१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १५ हजार २ सय ५५ पिसिआर परीक्षण गरिएकोमा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५ सय ८ पुगेको बताए ।

यस्तै हाल नेपालभर ४४ हजार ८ सय ७७ सक्रिय संक्रमित संख्या रहेको छ । संक्रमित मध्ये १३ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालभर विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा हाल ३ हजार ७ सय ५१ जना बसिरहेका छन् ।

Last modified on 2020-10-22 16:37:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts