बुटवल कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

रुपन्देही, ६ कात्तिक । बुटवलको धागोकारखानामा रहेको कोरोना विशेष अस्पताललमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पँधेरीका ३८ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको हो ।

यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको डा गौतमले बताए ।

उनीहरु दीर्घ रोगी भएको वा नएको भन्ने विषयमा अस्पतालले कुनै जानकारी गराएको छैन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts