भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन, ६ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय वृद्धको बिहीवार बिहान ७ः५५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार ती पुरूषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए । बुधवार कोरोना पुष्टि भएका उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि कोभिड आईसियूमा राखेर भेन्टिलेटरको सहायताले उपचार गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको शरीरमा गम्भीर प्रकारको संक्रमणसँगै फोक्सोमा निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिकाकी ३३ वर्षीया गर्भवती महिलाको भरतपुर अस्पतालमै आज बिहान ६ः१५ बजे मृत्यु भएको थियो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।