नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै २३ हजार १ सय २९

काठमाडौं, ६ कात्तिक । नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो कात्तिक ५ गतेसम्म नेपालभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये झन्डै आधा सक्रिय संक्रमित काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार काठमाडौं उपत्यकामा २३ हजार १ सय २९ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामध्ये काठमाडौं जिल्लामा सबैभन्दा धेरै १८ हजार ८ सय ३२, ललितपुरमा २ हजार ९ सय ८९ र सबैभन्दा कम भक्तपुरमा १ हजार ३ सय ८ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै काठमाडौं उपत्यकामा हालसम्म २ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै १ सय ७२, भक्तपुरमा ४८ र ललितपुरमा ५२ जना रहेका छन् ।
हालसम्म काठमाडौं उपत्यकामा निको हुनेको संख्या ३९ हजार १ सय ९० पुगेको छ । कोरोना संक्रमणपछि स्वस्थ हुनेमा सबैभन्दा धेरै काठमाडौंमा ३१ हजार ६ सय १, भक्तपुरमा ३ हजार ४ सय ५३ र ललितपुरमा ४ हजार १ सय ३६ पुगेको छ ।
यसैगरि नेपालभर कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ रहेको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै ६२ हजार ५ सय ८१ रहेको छ । सबैभन्दा धेरै काठमाडौं जिल्लामा संक्रमितको संख्या ५० हजार ६ सय ५, ललितपुरमा ७ हजार १ सय ७६ र भक्तपुरमा ४ हजार ८ सय ९ रहेको छ ।