चितवनमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार नाघ्यो



Download our app to get more features

चितवन, ६ कात्तिक । चितवनमा थप १ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा ८९ र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधवार गरिएको परीक्षणमा ३२ गरी थप एकसय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ८१ जना जिल्ला भित्रका छन् भने ४० जना बाहिरी जिल्लाका छन् ।

चितवनका यी दुईवटा प्रयोगशालामा गरी छ सय १५ वटा नमुना परीक्षण गरिएको मध्ये ती एकसय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै जिल्लामा संक्रमितको संख्या तीन हजार पाँच सय नाघेको छ । जसमध्ये जिल्लाभर बुधवारसम्म दुई हजार ३६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts