थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ८७ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, ५ कात्तिक । नेपालमा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

यस्तै हाल नेपालभर २ सय ६९ जना कोरोना संक्रमितको उपचार आइसीयूमा भइरहेको छ भने ८७ जनाको उपचार भेन्टिलेटरमा उपचाररत छन् । 

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५२ जना आइसीयू र ५९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३१ जना आईसीयू र १६ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ९ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुदुरपश्चिममा ३ अआईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आईसीयू र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आईसीयू उपचाररत रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts