नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या एक लाख नजिक, एक लाख ४४ हजारभन्दा बढी सङ्क्रमित



Download our app to get more features

काठमाडौं, ५ कात्तिक । नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा २० हजार १ सय १८ पिसिआर परीक्षण गरिएकोमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको हो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको बताए ।

यस्तै गत २४ घन्टामा थप २ हजार ९ सय ९६ जना कोरोना भाइरसको सङ्क्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।

नेपालमा हाल ४४ हजार ७ सय ७६ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित मध्ये १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् भने २९ हजार ८ सय जना होम आइसोलेसनमा रहेका छन् ।
 

Last modified on 2020-10-21 16:31:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts