धनगढीमा कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

धनगढी, ५ कात्तिक । सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत एक महिलाले शिशुलाई जन्मादएकी छिन् । धनगढी उपमहानगरपालिका–४ की ३३ वर्षीया महिलाले बुधबार शिशुलाई जन्म दिएकी हुन् ।
जन्मेको शिशुको तौल ४ हजार ४ सय ग्राम रहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । गर्भवती भएको ७ महिनामै जन्मिएको शिशुको अवस्था जटिल रहेकाले एन आइसियूमा राखिएको उनले बताए ।
साथै सूचना अधिकारी श्रेष्ठले केहि दिनपछि शिशुको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने समेत बताएका छन् ।
अन्य उपचारका कारण असोज १ गते सेती अस्पताल भर्ना भएकी ती महिलालाई कोरोना पुष्टि भएपछि ३ गते कोरोना अस्पताल भर्ना गरिएको थियो ।