धरानमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

धरान, ४ कात्तिक । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १६ का ९० वर्षीय वृद्धको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार पीसीआर जाँच गर्दा ती पुरुषमा असोज ३० गते संक्रमण पुष्टि भएको थियो । अस्पताल भने कार्तिक १ गते अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी रहेका संक्रमितको शव व्यवस्थापनको पहल भइरहेको सहप्रवक्ता श्रेष्ठले बताए ।