देशभर ३ सय ५१ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा 



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २ सय ७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । 

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५० जना आइसियु र ४९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १६ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १० आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन्। 

Last modified on 2020-10-20 20:41:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts