दशैंमा पनि कोरोना परीक्षणलाई निरन्तरता दिन सबै प्रयोगशालालाई स्वास्थ्य मन्त्रालको निर्देशन

काठमाडौं, २ कात्तिक । सरकारले दशैंको समयमा पनि कोरोना परीक्षणलाई निरन्तरता दिन सबै प्रयोगशालालाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले र समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिसकेको हुनाले दशैंको समयमा पनि कोरोना परीक्षणलाई निरन्तरता दिन निजी तथा सरकारी प्रयोगशालालाई निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैंको मुख्य दिनहरु नवमी, दशमी र एकादशीका दिन चाप अनुसारको परीक्षण गर्न निर्देशन दिइएको बताए ।
उनले नवमी, दशमी र एकादशीका दिन बाहेक अन्य दिनहरुमा दिइँदै आएको सेवालाई निरन्तरता दिइने तर, यी तीन दिनमा चाप अनुसारको परीक्षण गर्न सकिने पनि प्रष्ट पारे ।