वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७९ वर्षीय पुरुषको मृत्यु

धरान, २ कात्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
इटहरी नगरपालिका १, सुनसरीका ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गत असोज २६ गते कोरोना पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए।
उपचारको क्रममा आज बिहान ३:५ बजे उनको मृत्यु भएको अस्पताले जनाएको छ।
पहिलेदेखि विभिन्न दीर्घरोग भएका उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए ।
Last modified on 2020-10-18 11:11:59