कोरोना महामारीको समयमा घरमा गर्न सकिने व्यायाम र फाइदा
काठमाडौं, १ कात्तिक । कोरोना संक्रमण दिनप्रतिदिन बढेकाले बाहिर निस्कन समस्या भएको छ । यो समयमा पनि हामीले घरमा नै व्यायामको माध्यमबाट आफुलाई स्वस्थ बनाउँन सक्छौ । पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ। दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ।
शारीरिक व्यायाम :
१. मांसपेसी तन्काउने व्यायामस् घाँटी, कम्मर, हात-खुट्टा तन्काउने।
२. मांसपेसी बलियो बनाउने व्यायामस् स-साना भार उचाल्ने, पुस-अप, स्क्वाट, लन्जेज आदि।
३. सन्तुलन राख्ने व्यायामस् एक खुट्टामा उभिने, बल एक्सरसाइज आदि।
४. लामो समय एउटै पोजिसनमा नबस्ने र आफू बसेको पोस्टर सही छ या छैन ध्यान दिने नत्र बस्दा बस्दै पनि अनेक समस्या निम्तिन्छ।
मानसिक व्यायाम :
- शरीर ठिक तर मानसिक तनाव छ भने मानिसलाई मनको बाघले खान सक्छ। जस्तोसुकै परिस्थितिमा पनि मनोबल उच्च राख्ने अभ्यास गर्नुपर्छ।
- सकारात्मक सोच राख्ने, ग्राम्य कथामा बढी चासो नदिने ।
- दैनिक प्रेरणादायक किताब अध्ययन गर्ने ।
- मन शान्त पार्ने म्युजिक श्रवण गर्ने ।
- सिर्जनशील कार्यमा मन लगाउने ।
- आफ्नो परिवार, इष्टमित्रसँग मनको कुरा राख़्ने ।
आध्यात्मिक व्यायाम :
- माछालाई पानी जस्तै हाम्रो जीवनलाई आध्यात्मिकता आवश्यक छ। समाजको कर्तव्यबीच अध्यात्मिकतालाई बिर्सिनु हुन्न।
- दैनिक बिहान ध्यान र प्राणायाम गर्ने ।
- आफ़नो श्रद्धा अनुसारको मन्त्र जपलाई समय दिने ।
- आध्यात्मिक शास्त्र अध्ययन गर्ने ।
- सात्विक आहार सेवन गर्ने ।
व्यायामका फाइदा :
- रोग प्रतिरोधात्मक क्षमता बढाउने,
- अंगप्रत्यंग सक्रिय र बलियो राख्ने,
- मनोवैज्ञानिक सन्तुलन कायम राख्ने,
- तनावमुक्त बनाई राम्रो निद्रा लाग्ने,
- आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्ने ।