चितवनमा थप एकजना महिलासहित आजै ३ जना काेराेना संक्रमितकाे मृत्यु



Download our app to get more features

चितवन, १ कार्तिक । भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड-१९) संक्रमित महिलाकाे मृत्यु भएको छ ।

राैतहटकाे माधवनारायण नगरपालिका-७ की ७० वर्षीया महिलाकाे शनिवार बिहान ९:२५ बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ ।

उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत असाेज २९ अस्पताल भर्ना भएकी थिईन् । उनमा असाेज २८ गते नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि काेभिड आईसियूमा राखेर भेन्टिलेटरकाे सहायताले उपचार गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उनमा जटिल प्रकृतिकाे काेभिड निमाेनिया देखिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

यसअघि यसै अस्पतालमा उपचाररत पूर्वी चितवनकाे खैरहनी नगरपालिका-१२ का काेराेना संक्रमित वडासदस्य बद्रीबहादुर पाण्डेकाे शनिवार बिहान १:४५ बजे मृत्यु भएकाे थियाे ।

त्यस्तै, भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत काेराेना भाइरस (काेभिड-१९) संक्रमित पूर्वी चितवनकाे खैरहनी नगरपालिका ६ की ६८ वर्षीया महिलाकाे शनिवार बिहान २:८ बजे मृत्यु भएको थियाे । 

यसरी आजै चितवनमा ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे ।

Last modified on 2020-10-17 14:48:38

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts