लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीमा कोरोना संक्रमण



Download our app to get more features

रुपन्देही, १ कात्तिक । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री चौधरीले आफूलाई कोरोना संक्रमण भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । 

आज आएको पिसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उनले आफूसँग  सम्पर्कमा रहेका सबैलाई सजकता अपनाउन अनुरोध गरेका छन् ।
 
त्यस्तै श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी ड्राईभर यमवहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् ।

संक्रमित पाँच मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन ।

Last modified on 2020-10-17 08:48:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts