गर्भवती, बालबालिका, जेष्ठ नागरिक र दीर्घ रोगीहरु घरमै बस्नुस



Download our app to get more features

काठमाडौं, ३० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। 

काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भाग तिव्र रुपमा कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि जोखिममा रहेका व्यक्तिलाई घरबाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अत्यावश्यक बाहेक गर्भवती, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई बाहिर ननिस्कन आग्रह गरेको हुन्। यी व्यक्तिहरुलाई कोरोना संक्रमणको उच्च जोखिममा हुने भन्दै घर भित्रै बस्न मन्त्रालयको अनुरोध छ। 

अस्पतालहरुमा आइसियु भरिदै गएकाले स्वास्थ्यको ख्याल गर्न प्रवक्ता गौतमले आग्रह गरे। परिवारका अन्य सदस्यहरु पनि उनीहरुको कम सम्पर्कमा रहन मन्त्रालयले सबैलाई अपिल गरेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts