काठमाडौं उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३० असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जनालाई कोरोना संक्रमण देखिएको छ।
देशभर ४ हजार ३ सय ९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।
२४ घण्टामा ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
आज देशभर ३७ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।