रेमडिसिभिर औषधि आयात तथा बिक्रि वितरणका लागि फर्म/फार्मेसी सूचिकृत



Download our app to get more features

काठमाडौं, ३० असोज । सरकारले कोरोना संक्रमितको उपचारका लागि उपयोगी मानिएको रेमडिसिभिर औषधिका लागि फर्म/फार्मेसीहरु सूचिकृत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कोरोना भाइरस विरुद्ध कुनैपनि औषधि वा खोप पत्ता नलागेको अवस्थामा रेमडिसिभिर औषधि कारगार भएको विभिन्न अनुसन्धानले प्रमाणित गरेकोले नेपालमा त्यो औषधि विक्रि वितरणका लागि विभिन्न फर्म÷फार्मेसीलाई सूचिकृत गरेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले कोरोनाको उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्यवस्था विभागबाट आयात तथा बिक्रि वितरण अनुमति प्राप्त आयातकर्ता फर्म/फार्मेसीबाट मात्रै खरिद गरि प्रयोग गर्न सकिने बताए ।

रेमडिसिभिर औषधि खरिदका लागि सरकारले सूचिकृत गरेको फर्म/फार्मेसीहरु यस प्रकार छन्ः

 

Last modified on 2020-10-16 18:32:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts