थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
संक्रमणपछि निको हुनेको संख्या ८८ हजार नाघ्यो

काठमाडौं, ३० असोज । नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पिसिआर परीक्षण गरिएकोमा ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितमध्ये २ हजार ४ सय २ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमणमुक्त भएको र नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।
हाल नेपालभर देशभर ३७ हजार ३ सय ८२ संक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको र योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।