विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

विराटनगर, ३० असोज। विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ३ बुद्धचोक निवासी संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

 ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले बताए ।  वृद्धमा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानो समस्या थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts