बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

बाँके, ३० असोज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ। 

रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरूषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । त्यसपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो । 

बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts