बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु



Download our app to get more features

रुपन्देही, ३० असोज । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा २ का ६७ वर्षिय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर उपचार भइरहेको थियो । ४ दिन आईसोलेसनमा बसेको उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । 

उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts