राप्रपा अध्यक्ष थापामा कोरोना संक्रमण पुष्टि, घरका अन्य सात जनामा पनि संक्रमण देखियो



Download our app to get more features

काठमाडौं, ३० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

थापाले आफ्नो सामाजीक सञ्जाल ट्वीटरमार्फत् आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

बुधवार स्वाब दिएका उनमा बिहीवार संक्रमण पुष्टि भएको हो ।
 
थापा सहित उनका परिवारका अन्य सात जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको तर, श्रीमतिमा भने कोरोना नेगेटिभ आएको बताइएको छ ।
 
सामान्य लक्षण देखिएपछि पिसिआर परीक्षण गराएका थापाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनी घरमै आइसोलेट भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts