पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु

काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।
सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २/२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १/१ जनाको मृत्यु भएको हो ।
धरान उपमहानगरपालिका -७, सुनसरीकी ६३ वर्षीया महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका -२०, सुनसरीकी ७५ वर्षीया महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका -९, सुनसरीका ५८ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका -९, सुनसरीकी ४४ वर्षीया महिलाको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका -१५, सुनसरीका ६६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।
काठमाडौं बानेश्वरका ६३ वर्षीय पुरुषको बुधबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ ।
काठमाडौं डल्लुकी ८७ वर्षीय महिलाको बुधबार मेडीसिटी अस्पतालमा मृत्यु भएको छ ।
काठमाडौं सोह्रखुट्टेका ६४ वर्षीय पुरुषको स्टार अस्पतालमा मृत्यु भएको छ ।
काठमाडौं ठूलो भर्याङका ४८ वर्षीय पुरुषको बुधबार बयोधा अस्पतालमा मृत्यु भएको छ ।
भक्तपुर थिमीका ८६ वर्षीय पुरुषको बिहीबार पाटन अस्पतालमा मृत्यु भएको छ ।
भक्तपुर व्यासीका ३७ वर्षीय पुरुषको अल्का अस्पतालमा मृत्यु भएको छ ।
सिन्धुपाल्चोकका ६० वर्षीय पुरुषको बिहीबार त्रिवि शिक्षण अस्पताल, महारागञ्जमा मृत्यु भएको छ ।
सिन्धुपाल्चोकका ६१ वर्षीय पुरुषको बिहीबार अल्का अस्पतालमा मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका-५, मोरङकी ४० वर्षीया महिलाको बुधबार विराट नर्सिङ होममा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका ४, मोरङका ५० वर्षीय पुरुषको कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।
दाङ्पा १, तेह्रथुमका ४९ वर्षीय पुरुषको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ ।
इमाडोलका ८५ वर्षीय पुरषको बिहीबार किस्ट अस्पतालमा मृत्यु भएको छ ।
धुलिखेल, काभ्रेकी ८८ वर्षीया महिलाको बुधबार बयोधा अस्पतालमा मृत्यु भएको छ ।
रामेछापका १०० वर्षीय पुरुषको बुधबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ ।
लाहान नगरपालिका ६, सिराहाका ५५ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल, विराटनगरमा मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका ९, अर्घाखाँचीका ७३ वर्षीय पुरुषको मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
बुटवल उपमहानगरपालिका ७, रुपन्देहीकी ७० वर्षीया महिलाको बिहीबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ ।
जानकी गाउँपालिका ६, बाँकेका ६५ वर्षीय पुरुषको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ ।